इजिप्टमा १४ जना आतङ्ककारी मारिए

एजेन्सी । इजिप्टको सिनाईमा सरकारी फौजमाथिको आक्रमणमा संलग्न रहेका शंकास्पद १४ जना आतङ्ककारी मारिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तीमा आरिश शहरमा आक्रमण गरी भागेका आतङ्ककारी नै मारिएको उल्लेख छ । उनीहरु अल–मासाइद जिल्लास्थित एक खाली घरमा लुकेर बसेको अवस्थामा भेटिएको सुरक्षाफौजले जनाएको छ । उक्त घर खानतलासी गर्नेक्रममा सुरक्षाफौज र आतङ्ककारीबीच गोली हानाहान भएको थियो ।

सैनिक प्रवक्ताले घटनास्थलबाट ठूलो परिमाणमा गोलीगठ्ठा, मेसिनगन र विस्फोटक पदार्थ भेटिएको दाबी गरेका छन् । बुधबार बिहान उत्तरी सिनाईको आरिश नगरको एक सुरक्षा जाँच पोष्टमा आतङ्ककारीले गरेको आक्रमणमा आठ जना सुरक्षाकर्मीको ज्यान गएको थियो । दोहोरो भिडन्तमा पाँच जना आतङ्कीको पनि मृत्यु भएको थियो ।

पछिल्ला केही वर्षदेखि इजिप्टको सिनाई आसपास आतङ्ककारी आक्रमण हुन थालेका छन् । विद्रोहीको आक्रमणबाट सयौं प्रहरी र सेनाको ज्यान गइसकेको छ । यी आक्रमणहरु सिनाईमा रहेका इस्लामिक स्टेट सम्बद्ध लडाकूले गरेको बताइएको छ ।

सन् २०१८ को फेब्रुअरीमा सरकारी सेनाले उत्तरी सिनाईलाई केन्द्रित गरी भिषण सैन्य कारबाही थालेको थियो । यसक्रममा कम्तीमा ७०० लडाकूको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?