युइएफए नेशन्स कप : फाइनलमा पोर्चुगलसँग नेदरल्यान्ड्सको भेट पक्का

काठमाडौ । युइएफए नेशन्स कपको फाइनलमा पोर्चुगल र नेदरल्यान्ड्सको भेट पक्का भएको छ ।  बिहीबार राति भएको खेलमा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ३–१ ले पराजित गरेसँगै फाइनलमा नेदरल्यान्ड्स र पोर्चुगलको भेट पक्का भएको हो । 

खेलमा अग्रता भने इंग्ल्यान्डले लिए पनि हार टार्न सकेन । खेलको ३२ मिनेटमा मार्कोस रास्फोडले गोल गरेर इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीमा गोल गरेका थिए । रास्फोडमाथि नेदरल्यान्ड्सका डे लिटले फाल गरेपछि पेनाल्टीको अवसर दिइएको थियो । 

खेल सकिन १७ मिनेट बाँकी छदा उनै लिटले बराबरी गोल फर्काउन सफल भए । ७३ मिनेटमा कर्नर बलमा उनले हेडमार्फत गोल गरेका थिए । निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त ३० मिनेट थपिएको थियो । थपिएको अतिरिक्त समयमा नेदरल्यान्ड्सले दुई गोल थपेपछि आफ्नो फाइनल यात्रा तय गरेको हो । अब उपाधिका लागि नेदरल्यान्ड्स र पोर्चुगलबीच आइतबार प्रतिस्पर्धा हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?