लोकसेवाको विज्ञापन संविधानमाथि नै प्रहार : शर्मा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले संवैधानिक आयोगकै विरोधमा आन्दोलन हुन थाल्नु उचित नभएको बताएका छन् । उनले पछिल्लो समय संवैधानिक अराजकता मचिएको बताए । यसले राष्ट्रलाई स्वतः संकटमा पर्ने पनि दाबी गरे । 

स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगको विज्ञापन संविधानविपरीत भएको उनको तर्क थियो । राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा बोल्दै सांसद शर्माले विज्ञापन रोक्न निर्देशन दिन माग गरे ।

संसदीय समितिले संविधान विरोध हरेक कुरामा छुट दिन नसक्ने भन्दै उनले विज्ञापन रोक्नुपर्ने बताएका हुन् । समितिले संविधान विरोधी हुने भएकाले कर्मचारी भर्ना प्रक्रिया रोक्न र काम गर्न समस्या भए ओएनएम गरेर वा करारमा कर्मचारी राखेर काम गर्न भन्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?