स्थानीय तहको विज्ञापन रोकिने

स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले निकालेको विज्ञापन स्थगन गर्ने तयारी भएको छ । 

आयोगद्वारा प्रकाशित विज्ञापन संवैधानिक व्यवस्था विपरीत समानुपातिक समावेशी नभएको भन्दै चौतर्फी विरोध भएपछि हाललाई स्थगित गर्न लागिएको बुझिएको छ । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रै पनि यस विषयमा विरोध हुन थालेपछि पार्टी नेतृत्व तहमा विज्ञापन रोक्ने समझदारी बनेको हो । 

स्थानीय तहमा कर्मचारी भर्नाका लागि  आयोगले जेठ १५ गते विज्ञापन  निकालेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?