मेगा बैंकले ४५ माग्यो कर्मचारी, यस्तो छ प्रावधान

काठमाडौं । कर्मचारीको माग बढ्दा मेगा बैंकले रिक्त पद पुर्तिको लागी विज्ञापन सार्वजनिक गरेको छ ।

उक्त पदका लागी ४५ जना कर्मचारीको आवस्यक रहेको छ । बैंकले एक जना ब्रान्च म्यानेजरका साथै अफीसर तहका लागि ३१ जना कर्मचारीको माग गरेको छ । अधिकृत तहमा शाखाको क्रेडिट विजनेस तर्फ ५ जना र क्रेडिट डिपार्टमेन्टको लागि ८ जना कर्मचारी आवश्यक रहेको छ ।

बैंकले उपत्यका तथा बाहिरका १८ वटा शाखाको लागि ब्रान्च म्यानेजरको जिम्मेवारी दिने गरि कर्मचारी माग गरेको हो। अधिकृत तहमै क्रेडिट डिपार्टमेन्टको लागि ८ जना र शाखाको क्रेडिट विजनेस तर्फ ५ जना कर्मचारी माग गरिएको छ। एसिस्टेन्ट लेभलमा १३ जना कर्मचारी माग गरिएको छ।

ईच्छुक उम्मेदवारहरुले बैंकको वेवसाइटको माध्यमबाट अनलाइन मार्फत फारम तथा आवेदन दिन सक्नेछन् । योग्यता पुगेको नपुगेको अनलाइनबाटै जानकारी गराइने बैंकले जनाएको छ ।

आवेदन भर्ने म्याद असार ६ गतेसम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?