हिन्दुराष्ट्र बनाएरै छाड्छु : कमल थापा

मुस्ताङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा दोस्रो चरणको स्वाभिमान यात्रा आजदेखी मुक्तिनाथमा धार्मिक अनुष्ठान गरि शुभारम्भ गरिएको छ।

अनुष्ठानमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,नेताहरु भिम प्रसाद गौचन , तोरण गुरुङ , हेमजङ्ग गुरुङ , सुशील श्रेष्ठ , भुवन पाठक लगायत नेताहरु सहभागी थिए । धार्मिक अनुष्ठान पछि रानिपौवामा आयोजित सभालाई अध्यक्ष थापाले सम्बोधन गरेका थिए ।

आजै मुस्ताङको सदरमुकाम जोमसोममा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको गौरबशाली पहिचान भएको  चर्चा गर्दै सर्ब धर्म समभाब सहितको हिन्दुराष्ट्र  आबश्यक भएको बताए । सनातन धर्म भनेको हिन्दु धर्म मात्र नभएको भन्दै हिन्दु, बौद्ध र किरात धर्मलाई कमजोर बनाउने षडयन्त्रको भण्डाफोर गर्नुपर्ने बताए ।

सनातन धर्म बिस्थापित गर्ने कार्यलाई मुक दर्शक भएर टुलुटुलु हेरिरहन नसकिने बिचार ब्यक्त गरे । बेनि जोमसोम कोरला मार्ग निर्माण गर्न समेत सो अबसरमा थापाले सरकारको ध्यानाकर्षण गरे । भ्रष्टाचार र कुशासन मौलाएको प्रती उनको तिब्र रोष थियो ।

मुलुकको निमित्त राप्रपाले बोकेको बिचारले मात्र निकास दिन सक्ने भन्दै राष्ट्रबादी शक्तिलाई बलियो बनाउन मुस्ताङबासिको सहयोग मागे । स्वाभिमान यात्रा प्रती देखाउनु भएको सद्भाव र सहयोगको निमित्त मुस्ताङबासिलाई थापाले धन्यवाद समेत दिए ।

सभालाई सम्बोधन गर्दै बालसन्त मोहनशरण देवाचार्यले धर्म निरपेक्षले धर्म,आचारण, मर्यादा र अनुशासनबाट च्युत गराएको भन्दै धर्म निरपेक्षता मुलुकको लागि हितकर नभएको दाबी गरे । सबैको अभिभाबकिय भुमिका खेल्नको निमित्त ओमकार परिवारको रक्षाको लागि हिन्दुराष्ट्र आबश्यक भएको बिचार ब्यक्त गरे ।

उनले दिप प्रज्वलन गरेर स्वाभिमान यात्रलाई शुभकामना दिए । कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले देशको राष्ट्रियता ,धर्म सस्कृती र पहिचान माथी चौतर्फी हमला भईरहेको भन्दै त्यसको जगेर्नाको निमित्त जनता जागरुक हुनुपर्नेमा जोड दिए ।

सो अबसरमा नेताहरु भिम प्रसाद गौचन, हेमजङ्ग गुरुङ लगायतले हिन्दुराष्ट्रको आबश्यकताको चर्चा गरेका थिए । कार्यक्रममा मुस्ताङका लोकप्रिय नेता स्वर्गीय नर बहादुर हिराचनको स्मरण गरिएको थियो । मुक्तिनाथबाट शुरु भएको यात्रा म्याग्दी,बागलुङ ,पर्बत, कास्की,लमजुङ हुँदै जेष्ठ २७ गते गोरखा पुगेर समापन गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले  जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?