भूटानी प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता

थिम्पु– भारतका विदेशमन्त्री एस जयशङ्करले भूटानका प्रधानमन्त्री लोटाय शेरिङलाई भारत भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।

विदेशमन्त्री भएपछिको पहिलो विदेश भ्रमणका क्रममा भूटान आएका जयशङ्करले शुक्रबार प्रधानमन्त्रीलाई निमन्त्रणा गरेका हुन् ।

भेटपछि ट्वीट गर्दै उनले दुई पक्षीय हित र साझेदारीका विषयमा भेटवार्ता उपलब्धिमुलक नै भएको उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भूटानी समकक्षीलाई निमन्त्रणा पत्र दिएको पनि ट्वीटर मार्फत् जानकारी दिएका हुन् ।

भूटान विमेस्टेक राष्ट्रहरूको सदस्य भएकाले गत मे ३० मा भएको प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा भुटानी प्रधानमन्त्री पनि सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?