नुवाकोट गोल्डकपको दोस्रो क्वाटरफाइनलमा संकटाको जित

काठमाडौँ ।  नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत शनिबार  भएको दोस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन  आर्मी क्लवमाथि संकटा क्लबले जित हासिल गरेकोछ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा शनिवार सम्पन्न खेलमा आर्मीमाथि २ गोल हानी २(० गोलको जित निकाल्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा पाएको मौकाको सदुपयोग गर्न नसक्दा आर्मी पहिलो खेलबाटै  बाहिरिनु परेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलमा आर्मीले आफ्नो दवाब कायम गरेपनि गोल गर्न भने सकेन ।
संकटाको लागि जर्सी नं १९ का लक्ष्मण रुचालले खेलको मध्यान्तर पछि गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि लगातार संकटाको पोष्टमा आक्रमण गरेको आर्मीको प्रयास असफल भएको थियो । थप समयको तेस्रो मिनेटमा संकटाको लागि पुन रुचालले गोल गर्दै संकटाको जित निश्चित पारे । खेलमा २ गोल गरेका रुचाल नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार र ट्रफी हात पारे । सेमिफाईनल प्रवेश गरेको संकटाले फाईनल प्रवेशको लागि मनाङ र च्यासल क्लबबीचको विजेतासँग प्रतिष्पर्भा गर्नेछ । प्रतियोगिता अन्तरगत भोली आइतबार दुई विभागिय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको  प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।
यो प्रतियोगितालाई साकुरा नेपाल कन्सल्टेन्सीले हरेक खेलको ‘म्यान अफ दी म्याच’लाई १० हजार नगद रुपैयाँ प्रदान गर्नेछ । गत वर्ष सम्पन्न यो प्रतियोगिताको ‘म्यान अफ दि म्याच’लाई पनि साकुराले प्रायोजन गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?