युरोकप छनोटमा ईटालीको शानदार जीत ग्रिक स्तब्ध

एजेन्सी । युरो कप छनोटको खेलमा ईटालीले ग्रिकलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा ईटालीले ग्रिकमाथि ३–० को सहज जीत हात पारेको हो । खेलको २३ औ मिनेटमा निकोलो बरिलाले गोल गर्दै ईटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । नापोलीका कप्तान लोरेन्जो इनसाईनले खेलको २३ औ मिनेटमा अर्को गोल गरी ईटालीलाई २ गोलको अग्रता दिलाएका थिए ।

लियोनार्दो बोनुचीले हेडमार्फत गोल गर्दै खेलको ३३ औ मिनेटमा जीत सुनिश्चित पारेका थिए । शीर्ष स्थानको ईटालीको ३ खेलबाट ९ अंक भएको छ । ग्रिक ४ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

समुह जेकै अन्य खेलमा फिनल्याण्डले बोस्निया हर्जगोभिनालाई २–० ले पराजित गरेको छ । अर्को खेलमा अर्मिनियाले लिचेस्टाईनलाई ३–० ले स्तब्ध बनायो । फिनल्याण्ड ६ अंक तालिकाको दोस्रो स्थानमा उक्लियो । अर्मिनियाले लिग चरणमा पहिलो जीत दर्ता गर्यो । लिचेस्टाईन अंक विहिन हुदै तालिकाको पुछारमा यथावत रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?