विश्व विजेता फ्रान्स टर्कीसंग पराजित

एजेन्सी । युरोकप छनोटमा आईतबार राति टर्कीले फ्रान्सलाई २–० गोल अन्तरले पराजित गरेको छ । 

कान आयहानले खेलको ३० औ मिनेटमा घरेलु मैदानमा टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए । सेन्गिज अन्डरले ४० औ मिनेटमा टर्कीका लागि दोस्रो गोल गर्दै विश्व विजेता फ्रान्सलाई स्तब्ध बनाए । गोल गर्ने अवसरलाई सधुपयोग गर्न नसक्दा फ्रान्स स्तब्ध बन्न पुगेको हो । 

जीतपछि टर्की ३ खेलमा सतप्रतिशत जित सहित ९ अंक बनाएर समुह एचको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको फ्रान्सले दुई जीत र एक हारको नतिजा ब्यहोरेको छ ।

फ्रान्सले अब समुह चरणको चौथो खेलमा एन्डोरासंग मंगलबार खेल्नेछ । टर्कीले सोही दिन आईसल्याण्डसंग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?