नुवाकोट गोल्डकपः पुलिस सेमिफाइनलमा

नुवाकोट–नुवाकोट गोल्डकपको आज भएको खेलमा नेपाल पुलिस क्लबले एपिएफलाई पराजित गरेको छ । नेपाल पुलिसले एपिएफलाई ३–२ गोलले पराजित गरी सेमिफाइनल प्रवेश गरेको हो ।

    खेलको ४०औँ मिनेटमा एपिएफका लागि नविन लामाले गोल गरेका थिए । मध्यान्तरपछिको खेलमा पुलिसका लागि अजित भण्डारी, सुमन लामा र रवि पासवानले गोल गरेका थिए ।

एपिएफका आसिस लामाले अर्को गोल गरेका थिए । सेमिफाइनलमा पुलिस आयोजक नुवाकोट–११ सँग भिड्ने छ ।

गत वर्ष पुलिसले फाइनलमा थ्री स्टारलाई पराजित गरी उपाधि जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?