स्थानीय तहको विज्ञापनबारे बोले मन्त्री लालबाबु पण्डित, लोकसेवाले गरेको विज्ञापन जायज

स्थानीय तहको विज्ञापनबार संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले मुख खोलेका छन् ।

लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापन संविधानसम्मत भएको भन्दै पण्डितले लोकसेवाले गरेको विज्ञापन जायज भएको बताएका हुन् । 

 

लोकसेवाले गरेको विज्ञापनबारे छलफल गर्न संसद्को राज्य व्यवस्था समितिले यसअघि बोलाएका दुई बैठकमा अनुपस्थित पण्डितले सोमबार विज्ञापन समावेशी नभएको भनेर सांसद्हरुले उठाएको प्रश्नको जवाफ  दिँदै मन्त्रालयको सिफारिसमा  ‘प्रदेश लोकसेवा आयोग गठन नभएको हुनाले समायोजन ऐनअनुसार लोक सेवा आयोगले नै विज्ञापन गर्ने जिकिर गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?