नेयमार बिना ब्राजिलले हान्यो ७ गोल होन्डुरस स्तब्ध

एजेन्सी । मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

कोपा अमेरिका फुटबल प्रतियोगित अघि भएको अभ्यास खेलमा ब्राजिलले ७–० फराकिलो गोल अन्तरले जित निकालेको हो । नेयमार चोटका कारण कोपा अमेरिका गुमाउने भएपनि होन्डुरससगंको खेलमा ब्राजिलले जित निकालेको हो ।

खेलको २९ औ मिनेटमा क्विटो रातो कार्ड खादै मैदान बाहिरिएपछि होन्डुरस १० खेलाडीमा सिमिति बनेको थियो । ब्राजिलको जितमा ग्याब्रियल जिससले २ तथा थिएगो सिल्भा, काउटिन्हो, फिर्मिन्हो, रिचर्डलिसन र नेरस क्याम्पोसले समान १ १ गोल गरे ।

जिससले छैटौ मिनेटमा ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सिल्भाले १३ औ मिनेटमा अग्रता दोब्बर पारे । काउटिन्होले ३७ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमा ३–० ले अघि बढाए ।  जिससले ४७ औ मिनेटमा व्यक्तिगत रुपमा दोस्रो गोल गरे ।

क्यापोसले ५६ औ मिनेटमा ब्राजिलका लागि पाँचौ गोल गरे । ६५ औ मिनेटमा फिर्मिन्होले ब्राजिललाई ६–० को स्थितीमा पुर्याएका थिए । रिचर्डलिसनले ७० औ मिनेटमा ब्राजिलका लागि सातौ गोल गरेका थिए ।

सन् २०१२ पछि ब्राजिलले पहिलो पटक फराकिलो अन्तरको जित निकालेको हो । होन्डुरसको खेलसंगै ८ पटकको कोपा अमेरिका च्याम्पियन ब्राजिलले आफ्नो अभ्यास खेल सकेको छ ।

ब्राजिल समुह एमा रहेको छ । आयोजक ब्राजिलले जुन १५ मा बोलिभियासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?