चुक्ता पूँजीको सत् प्रतिशत् हकप्रद शेयर निष्काशन गर्दै जनउत्थान

काठमाडौं ।  जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार १२ गते देखि चुक्ता पूँजीको सत् प्रतिशत् हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

वित्तीय संस्थाको हालको चुक्ता पूँजी संस्थाको २ करोड ८८ लाख रहेको छ ।

संस्थाको चुक्ता पूँजी सत् प्रतिशत् हकप्रद शेयर निष्काशनसंगै ५ करोड ५६ लाख पुग्ने छ ।

शेयरधनीहरुले संस्थाले निष्काशन गरेको हकप्रद १ गते असार सम्म कायम रहने छ ।

उनीहरुले आवेदन भने साउन १५ गतेसम्म दिन पाउने बिक्रि तथा धितोपत्र निष्काशन प्रवन्धक सिद्धार्थ कयापिटलले जनाएको छ ।

उक्त हकप्रद आवेदनका लागि जनउथ्थानका केन्द्रीय तथा शाखा कार्यालयबाट, सिद्धार्थ कयापिटल नारायणचौर नक्साल र आस्वा प्रणलीबाट पाईनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?