पुनर्निर्माणको लागि भारतले  दियो १ अर्ब ६० करोड

काठमाडौं । २०७२ सालमा महाभूकम्प गएपछि नेपाल पूनर्निर्माणमा जुटिरहेको छ ।

छिमेकी मुलुक तथा विश्वका अरु धेरै राष्ट्रले पूनर्निर्माणको लागि निरन्तर सहयोग गरिरहेका छन् ।

यसैबिच छिमेकी भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको १ अर्ब ६० बरोड उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारतिय राजदुत मजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई दोस्रो किस्तावापत १ अर्ब ६० करोडको चेक अर्थमन्त्री डा युवराज खतीवडालाई दिए ।

१ अर्ब ६० करोड भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता बापत उपलब्ध गराएको हो ।  

भारतले पहिलो किस्ताबापत २ अर्ब १० करोड उपलब्ध गराएको थियो र यसरी पुनर्निर्माणमा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी रहेको राजदुतको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?