घाइते महिलाको हवाइ जहाजबाट उद्धार

काठमाडौं । बाजुराको बूढीनन्दा नगरपालिका ४ कुरुमा आइतबार दिउँसो खोलामा नुहाउन गएका बेला ढुङ्गा लागेर घाइते भएकी एक महिलाको हवाइ जहाजबाट उद्धार गरिएको छ । 

उक्त नगरपालिकाको कुरु माइती घर भइ हाल बडिमालिका नगरपालिका ३ रजालीकी २४ वर्षीया सरिता रोकायालाई वडाध्यक्ष राजन रोकायाको समन्वय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको पहलमा उद्धार गरिएको हो । 

माइती घर भेटघाटमा गएकी रोकाया गाउँ नजीकै नुहाउन गएका बेला भिरबाट ढुङ्गा लागेर घाइते भएपछि थप उपचारका लागि समिट एयरमा नेपालगञ्जको कोहरपुर मेडिकलमा लगिएको वडाध्यक्ष रोकायाले जानकारी दिए । 

सुदूरपश्चिम आन्तरिक मामिला तथा कानून मन्त्रालयको र बूढीनन्दा नगररपालिकाको ५०-५० प्रतिशतको आर्थिक सहयोगमा घाइते महिला रोकायाको थप उपचारका लागि पहल गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहका स्वकीय सचिव जङ्गबहादुर विकले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?