शेयर बजार ओरालो लाग्यो

काठमाडौं । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८ दशमलभ ७८ अङ्कले घटेर एक हजार २७५ दशमलभ ८२ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलभ ४३ बिन्दुले घटेर २७२ दशमलभ ४६ अङ्कमा झरेको छ ।

स्टकका अनुसार कूल १७३ कम्पनीको २० लाख ७२ हजार १८२ कित्ता शेयर ६१ करोड तीन लाख १२ हजार १३ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर मात्र बढेको छ ।

विकास बैंक ४ दशमलभ ४७, उत्पादन १५ दशमलभ ५५ र म्युचुअल फण्ड ० दशमलभ ०७ बिन्दुले बढेको छ । त्यसैगरी बैङ्किङ ५ दशमलभ ६१, होटल ३४ दशमलभ ०६, जलविद्युत् १६ दशमलभ २९, वित्त ७ दशमलभ ४९, निर्जीवन बीमा १२४ दशमलभ ३८, अन्य ६ दशमलभ ६१, लघुवित्त ११ दशमलभ ४९ र जीवन बीमा ६२ दशमलभ ४३ बिन्दुले घटेको छ । 

स्टकका अनुसार आज एनआइसी एसिया बैंकको चार करोड १८ लाख ५९ हजार ७८ मा कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै शिवम् सिमेन्ट तीन करोड ९० लाख ५० हजार ४३५, सिद्धार्थ बैंक लिमिटेड  तीन करोड तीन लाख ९२ हजार ९२७, नेपाल बैंक लिमिटेड  दुई करोड ५५ लाख ४० हजार ९७१ र नविल बैंक लिमिटेड संस्थापक शेयर एक करोड ९५ लाख ५६ हजार ३०४ मा कारोवार भई शीर्ष स्थानमा रहे । 

वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड वित्तीय संस्थाका शेयरधनीले ७ दशमलभ ६१ प्रतिशतले कमाए । यस्तै हिमालयन डिस्टिलरी लिमिटेड ४ दशमलभ ९६, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड ४ दशमलभ ६४, युनाइटेड मोदी हाइड्रोपावर ४ दशमलभ ४६ र ज्योति विकास बैंक लिमिटेडका शेयरधनीले २ दशमलभ ६० प्रतिशतले कमाए ।

स्टकका अनुसार तारागाउँ रिजेन्सी होटल लिमिटेड ७ दशमलभ ३३, रिलायन्स फाइनान्स लिमिटेड ६ दशमलभ २५, युनिभर्सल पावर कम्पनी लिमिटेड ६ दशमलभ १२, एभरेष्ट इन्स्योरेन्स् कम्पनी लिमिटेड ५ दशमलभ १४ र उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४ दशमलभ ७८ प्रतिशतले गुमाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?