प्रम ओली तथा टर्कीका उपराष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्डको जेनेभामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थित राष्ट्रसङ्घीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।  
उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा छलफल भयो । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भटृराई तथा परराष्ट्र सचिव शङ्करदास वैरागीको उपस्थिति थिए ।  

प्रधानमन्त्री ओलीको स्वीस महासङ्घका काउन्सिलरसमेत रहेका स्वीट्जरल्याण्डका वर्तमान गृहमन्त्री आलेँ बेरसे र नर्वेका प्रधानमन्त्री एर्ना सोल्वर्गसँग आजै भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?