गलत समाचार सम्प्रेषण गरेको भन्दै सञ्चार माध्यमको चर्को आलोचना

काठमाडौं । नेपाल वायुसेवा निगमले सञ्चार माध्यमले गलत र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै आरोप लगाएको छ । 

जेठ २६ गते आइतबार दिल्ली उडानमा जान लागेको RA-205 एयरबस ३२०–२०० जहाजमा पाइलटहरुले हेलचेक्राई गरेको भन्दै प्रकाशित भएको समाचार पूर्णरुपमा भ्रामक भएको भन्दै निगमले प्रेस विज्ञप्ति जारी गरेको हो ।

सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रदान गर्दै आएको भएतापनि यस्ता कल्पोल्कल्पित समाचारले निगमको व्यवसायमा ठूलो धक्का पु-याउने गुनासो निगमले व्यक्त गरेको छ ।

समाचारमा ट्याक्सीवेमा(Taxi way) लगेपछि मात्रै आइआरएस (IRS), जहाजको पोजिसन र नेभिगेसन सिस्टम ठीक भएको नभएको देखाउने कम्प्युटर डाटावेस प्रणाली सुचारु गरिएको भनिएतापनि त्यस्तो नभएको जानकारी निगमले दिएको छ । 

दक्ष पाइलटहरु भएकाले ट्याक्सीवेमा आफ्टर स्टार्ट चेक लिस्ट(After start check list) र फ्लाइट कन्ट्रोल चेक(Flight Control Check) गर्न रोकिएको निगमको भनाइ छ । सोही क्रममा अर्को जहाजको अवतरण हुने समय भएकाले सो एयरबस २-३ मिनेट ट्याक्सीवेमा होल्ड हुन पुगेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?