मण्डला धरपकडको नैतिक जिम्मेवारी लिन्छु : गृहमन्त्री

गृहमन्त्री राम बहादुर थापाले मण्डला धरपकडको नैतिक जिम्मेवारी लिएका छन् ।

माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी लिदै प्रतिनिधिसभा बैठकमा उनले भने,  शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध छ । जे कमी कमजोरी भएको छ, त्यसको छानविन हुनुपुर्छ । महानरीय प्रहरीले छानविन पनि गरिरहेको छ ।’

प्रर्दशनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको गृहमन्त्रीको भनाइ छ । 

 

गुठी विधेयकको विरोधमा आइतबार भएको प्रदर्शनमा प्रहरीले पानीको फोहरा हान्नुका साथै धरपकड गरेको थियो । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?