राष्ट्र बैंकमा रिक्त पदमा नयाँ कार्यकारी निर्देशक

काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले ५ जना कार्यकारी निर्देशकहरुको अवकाशपछि ४ जनालाई रिक्त पदका लागि बरिष्ठ निर्देशकबाट १ महिनाको लागि कामु कार्यकारी निर्देशक तोकेका छन् ।

कामु कार्यकारी निर्देशक तोकीएका ४ जनालाई  काम गरिरहेकै विभागमा जिम्मेवारी दिइएको छ भने एक जनालाई अर्को विभागमा पठाइएको छ । अनुसन्धानको निर्देशकबाट सारेर डा. प्रकाशकुमार श्रेष्ठलाई लघुवित्त विभागको प्रमुख बनाइएको छ ।

बैकिङ कार्यालयका बाँकी ४ जना नरेश शाक्य, नियमन विभागका बमबहादुर मिश्र, संस्थागत योजना विकासका सुमनकुमार अधिकारी र विदेशी विनिमय विभागकी सरिता भट्टलाई सोहि ठाँउको प्रमुखको जिम्मेवारी दिइएको हो ।

३० वर्षे लामो सेवापछि ५ जना कार्यकारी निर्देशकहरु गत २६ गते अवकाश भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?