आँधीबाट आठको मृत्यु

एजेन्सी । पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् ।

राज्यद्वारा सञ्चालित सञ्चार माध्यम अल इन्दिया रेडियो एआरआइ ले मङ्गलबार सो जानकारी दिएको छ । आँधी र चट्याङको  सोमबार साँझ एक साथ आएको बताइएको छ  । बिहार राज्यको गोपालगञ्जमा तीन,सिओहार  एक, सितामार्हि एक र पूर्वी र पश्चिम चम्पारनमा एक, एकको जनाको मृत्यु भएको थियो ।

यी जिल्लाहरुमा नै अन्य ११ जना घाइते भएका समाचारमा जनाइएको थियो । भीषण रुपमा आएको आँधीको कारण कैयो रुखहरु ढलेको र धुलोसहितको यस आँधीको कारण विद्युत आपूर्तिमा आवरुद्व भएको बताइएको छ  । 

भारतको उत्तर प्रदेश राज्यमा गत हप्ता आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण २६ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका थिए । सो आँधीबाट उत्तर प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका थिए ।

स्थानीय सञ्चार माध्यमका अनुसार चट्याङका साथै रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?