अष्ट्रेलियाबाट पनि अब इजीलिंक रेमिट्यान्स सेवा सुचारु

काठमाडौं । अष्ट्रेलियाबाट इजीलिंक रेमिट्यान्सले सेवा आरम्भ गरेको छ ।

सिड्नीमा कार्यालय स्थापना गरेपश्चात कार्यक्रमको आयोजना गरि उक्त रेमिट्यान्सका ब्राण्ड एम्बासडर रवि लामिछानेको सहभागितामा कम्पनीका मुख्य कार्यकारी अधिकृत डि.पि. अर्याल, अष्ट्रेलिया रेमिट्यान्सका प्रबन्ध निर्देशक, दिपेन्द्र कार्की र नेपाली समुदाएको बाक्लो सहभागीतामा सेवा आरम्भ गरेको थियो हो । 

“रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं”  भन्ने उद्देश्यका साथ इजीलिंक रेमिट्यान्स प्रा.लीले आफ्नो सेवालाई विगत २१ वर्षदेखि विस्तार गर्दे आइरहेको छ ।

कार्यक्रमका बिच बोल्दै प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल र कम्पनीका ब्राण्ड एम्बासडर रवि लामीछानेले आफुले कमाएको रकम नेपाल पठाउन त्यहाँ रहेका नेपालीलाई इजीलिंक रेमिट्यान्सको प्रयोग गर्न अपिल गर्नुभयो ।

हुण्डीको कारोबार धेरै हुने देशको रुपमा चिनिएको अष्ट्रेलियामा अहिले १ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान छ । उक्त रेमिट्यान्सले विगत २१ वर्षदेखि विश्वका विभीन्न मुलुकहरु जस्तै साइप्रस, कोरिया, जापान बाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आइरहेको छ । 

कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले दिएको जानकारी अनुसार उक्त सेवा आरम्भ गरेपश्चात अबैधानीक बाटोबाट नेपालमा रकम पठाउने कार्य निरुत्साहित हुनुका साथै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ हनेछ ।

यस्तै मुलुकभरका विभिन्न बैंक तथा कम्पनीहरुसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाई तिब्र पार्नुका साथै उक्त रेमिट्यान्सले अन्य मुलुकहरुबाट पनि रेमिट्न्स भित्र्याउन तिब्र रुपमा अघि बढीरहेको छ ।

यस्तै विश्वका विभिन्न मुलुकहरुबाट सोहि रेमिट्यान्सद्धारा पठाइएको रकम नेपालभरि रहेको इजीलिंक रेमिट्यान्सको ६ हजार भन्दा धेरै एजेन्ट, सब एजेन्ट तथा बैंकहरुबाट सजिलै भुक्तानी लिन तथा खातामा जम्मा गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?