ज्यापु दिवस र उधौली पर्व मनाइँदै, धान्यपूर्णिमाका साथै अन्तर्राष्ट्रिय अपांग दिवसपनि आजै

काठमाडौं, १७ मंसिर । २६औँ अन्तर्राष्ट्रिय अपांग दिवस, धान्यपूर्णिमा, उधौली पर्व र १४औँ ज्यापु दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ त्यस्तै, आज हिन्दू धर्मावलम्बीहरुले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायहरुले योमरी पूर्णिमा साथै ज्यापु दिवस मनाउँदै छन् नेपाल सरकारले आज परेको विभिन्न दिवसका आवसरमा सार्वजनिक विदासमेत दिएको छ त्यसैगरी, २६औँ अन्तर्राष्ट्रिय अपांग दिवस, उधौली पर्व धान्यपूर्णिमा एवं १४औँ ज्यापु दिवसको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ‘सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ भन्ने विश्वव्यापी मूल नारा तथा ‘कोही पनि नछुटुन्, दिगो विकासको नारा ः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको २६औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा अपाङ्गता भएका दाजुभाइ, दिदीबहिनी तथा यस क्षेत्रमा कार्यरत सबैमा हार्दिक शुभकामना व्यक्त गरे त्यसैगरी, नेपालका किरात जातिको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सु–स्वास्थ्य, सुख शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, भाइचारा एवं उत्तरोत्तर प्रगतिका लागि राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गरे नेपालका विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वले नेपाललाई साझा फूलबारीका रुपमा शृङ्गार गर्दै आएका तथा यहाँ मनाउने उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका राष्ट्रपतिले बताएका छन् त्यस्तै, पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउँदै छन् यसैगरी नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउँदै छन् योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने–खुवाउने चलन छ नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतीकको रुपमा पनि पूजा गरिन्छ । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ त्यस्तै, १४ औं राष्ट्रिय ज्यापू दिवसमा दबूः दाफाखलःको आयोजनामा टेकुबाट भित्री शहर हुँदै बसन्तपुरसम्म धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक र्यालीसहित सभा गर्ने कार्यक्रम छ । ज्यापू संस्कृति विकास कोष र कुशेश्वर क्षेत्र सम्पदा संरक्षण प्रतिष्ठानले कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निमन्त्रणा गरिएको छ ०६१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?