रगतबारे यस्तो तथ्य जुन थाहा नहुनसक्छ

रगत हाम्रो शरिरको एउटा निकै महत्वपूर्ण तत्व हो । रगत शरिरको हरेका रातो तरल पदार्थ हो यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । यसले शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिड लगायतका पोषक तत्वहरु सँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ । रगतको सञ्चालनले गर्दा हाम्रो जीवन चलिरहेको हुन्छ । हाम्रो शरीरमा रगत छ भन्ने हामीलाई थाहा भएतापनि यसले के गर्छ भन्ने कुरा हामीलाई थाहा नहुन सक्छ रगतबारे केही जानकारीः–१ . रगतले कार्वन डाइक्साइड, यूरिक, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ २. मानव शरीरमा औसत ५ दशमलब ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ ३. रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेता रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ ४. मानिस जिवित रहनका लाग रगत नभइ नहुने पदार्थका रुपमा रहेको हुन्छ । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानि नोक्सान नहुने चिकित्सकहरुको भनाइ छ ५.सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगि हुने चिकित्सकहरुको ठहर छ ६. रक्तदानबाट मृत्युको मुखमा पुग्न लागेका विरामीहरुको ज्यान बचाउन मद्दत पुग्दछ ७. एकजनाले दिएको रगतबाट हाल तिनवटा पदार्थ बनाई तीन जनाको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई जीवन दान समेत भन्ने गरिन्छ ८. मानव रगत समूह ‘ब्लड ग्रुप’ पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?