काठमाडौं- एसिड आक्रमणमा परेकी वीरगञ्ज महानगरपालिका–३ कि १५ वर्षीया किशोरीको उपचारका लागि पर्साका सांसद प्रदीप यादवले ५० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ । शरिरको विभिन्न भाग एसिडले जलेर काठमाडौं ल्याईदै गरेकी खातुनलाई उपचारको लागि सांसद यादवले ५० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको हो ।
स्कुल हिँडेकी खातुन माथि एसिड प्रहार भएको थियो । वीरगंज महानगरपालिका २ छपकैया घर भएकी त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । एसिड प्रहारबाट घाइते भएकी बालिकालाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगिएकोमा थप उपचारको लागि कीर्तिपुर अस्पताल रिफर गरिएकोमा काठमाडौं ल्याइदै छ । एसिड आक्रमण परेकी खातुनको अनुहार पेट, पाखुरा, मुख र छातीमा समस्या देखिएको छ ।
वीरगञ्ज महानगरपालिका–६ गणेशमान चोकमा सम्साद मिया र सोही महानगरपालिका–२ छप्कैया बस्ने माजिद आलमले कक्षा ९ मा अध्ययनरत किशोरीलाई एसिड प्रहार गरेका थिए । एसिड प्रहार गर्नेमध्ये १६ वर्षीय सम्साद मियालाई प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए । अर्का एकजना माजिद आलमको खोजी कार्य जारी छ । प्रेम सम्बन्धका कारण एसिड प्रहार भएको हुनसक्ने बताइएको छ । यसविषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो समाचार पढ्नुहोस् ।
प्रेमको विद्रुप पाटो : मेरी हुँदैनौ भने अरुको पनि हुन दिन्न !
प्रेमको विद्रुप पाटो : मेरी हुँदैनौ भने अरुको पनि हुन दिन्न !
–झुक्याएर बिहे, अलग बस्दा एसिड, पीडित जेनी श्रीमानभन्दा १६ वर्ष कान्छी
–एसिड आक्रमण : प्रमुख कारण प्रेम ? पीडित भन्छन्, सजाय पुग्दै पुगेन ! (भिडियोसहित)
–फेरि अर्की महिलामाथि एसिड र छुरा प्रहार, नवलपरासीकी बसन्ती परियार गम्भीर घाइते
–स्कुल जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार, को हुन् पक्राउ परेका मियाँ (भिडियोसहित)
–एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास !
–एसिड बोकेको ट्यांकर कारमाथि पल्टिँदा एकै परिवारका ९ जनाको मृत्यु
–एसिड आक्रमणबाट गम्भीर घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु
–एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास
–एसिडपीडित यूवतीका बाबुको सनसनीपूर्ण आरोप : कुरुवा नै अपराधी रहेछन्
www.lokpath.com को युट्युव च्यानल Lokpath Tv सब्स्क्राईब गर्नुभयो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया