पशुपति मन्दिर परिसरमा कसले राख्यो बम ? नेपाली सेनाद्वारा डिस्पोज

काठमाडौं – पशुपति मन्दिर परिसरभित्रै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

मन्दिरको सत्तलमा शंकास्पद बस्तु भेटिएपछि खैलाबैला मच्चिएको थियो । लगत्तै शंकास्पद वस्तुबारे सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले घटनास्थललाई नियन्त्रणमा लिएर डिस्पोजका लागि नेपाली सेनालाई खबर गरेको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर सुरक्षित रुपमा शंकास्पद वस्तु डिस्पोज गरेको हो । पशुपति मन्दिरमा विशेष चाड पर्व नपरेका दिन पनि कम्तीमा २० हजार भक्तजन आउने गरेका छन् । बेलुकी वाग्मती सन्ध्या आरतीमा भक्तजनको विशेष भीड लाग्ने गर्छ । बम निस्क्रिय बनाएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइ बम राख्ने समूहको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । संविधान एवं राष्ट्रिय दिवसका दिन आज सार्वजनिक बिदा भएकाले पशुपति क्षेत्रमा भक्तजनको उल्लेख्य उपस्थिति थियो ।

यसअघि दिउँसो जानकी मन्दीर परिसरमा बम भएको हल्ला निराधार भएको प्रहरीले जनाएको छ ।

_ प्रतिकात्मक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?