दशैँको लागि अग्रीम टिकट बुकिङ आजबाट खुला

काठमाण्डौं । दशैँ तथा तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि सार्वजनिक यातायातको टिकट बुकिङ आज (आईतबार) देखि खुला भएको छ ।  दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले अग्रीम टिकट बुकिङ सुरु गरेको हो ।

गत भदौ २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघसँग भएको सहमतिअनुसार बुकिङ खोलिएको हो ।

महासंघकाअनुसार काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा लगायतका काउन्टरबाट टिकट बुक गर्न सकिनेछ । दशैं र तिहारमा करिब २५ लाख मानिस राजधानीबाट बाहिरीने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?