सबै नागरिकले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गर्नु भएको छ । गृहमन्त्री थापाले नागरिकले आ-आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान भएर जाने पनि स्पष्ट पार्नु भयो ।

आईतबार काठमाडौंमा १५ दिने ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रममा शुभारम्भ गर्दै उहाँले काठमाडौं उपत्यकाको बढदो ट्राफिक समस्या समाधानका लागि विकास, निर्माणको सोच र योजनामै पुनर्विचार गर्न पनि विकासका योजनाकार तथा नीति निर्माताहरुलाई पनि आग्रह गर्नु भयो ।

विकास, निर्माणको काम सही ढंगले अघि बढे यातायात सम्बन्धि समस्या पनि स्वतहः घटेर जाने गृहमन्त्री थापाको भनाई छ । गृहमन्त्री थापाले सिंगो मुलुकनै विकास, निर्माणको काममा तीव्र गतिका साथ अघि बढिकाले पनि यातायात क्षेत्रमा समस्या देखिएकोतर्फ पनि सबैलाई सचेत गराउनु भयो ।

गृहमन्त्री थापाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?