बुवा सुतिरहेका बेला अपाङ्गता भएकी छोरी बलात्कृत

गोरखा । गोरखामा अपाङ्गता भएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ गरेका छन् । रोल्पा नगरपालिका–९ घर भइ हाल गोरखा रहेका ४० बर्षीय धन बहादुर पुन मगरलाई २१ बर्षिया अपाङ्गता भएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

कम्मरभन्दा मुनिको भाग नचल्ने पालुङटार नगरपालिका–७ च्याङलीकी युवती घरमै बलात्कृत भएको पीडित परिवारले दिएको जायरीमा उल्लेख छ । ‘विहान भट्टीमा सँगै रक्सी खाएर मगरलाई पीडितका बुवाले घरमा खाना खान लगेछन्,’ प्रहरी निरीक्षक कमला नरालले भन्नुभयो, ‘खाना खाएर बुवा सुतेछन्, त्यही मौका छोपेर मगरले युवतीलाई बलात्कार गरेछ ।’
छोरी रोएको आवाज सुनेर व्युँझिएपछि बलात्कार भएको थाहा पाएका बुवाले तत्काल प्रहरीमा उजुरी दिएका थिए ।

मगरलाई आइतबार करणीसम्बन्धी कसूरमा अनुसन्धान गर्न अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?