चाडबाडमा घर छोडेर टाढा जाँदै हुनुहुन्छ ? बहुमुल्य सम्पत्तिको सुरक्षाका लागि यसो गर्ने कि !

चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकाबासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले अनुरोध गरेको छ।

उपत्यकाका तीनैवटा प्रहरी कार्यालयले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको हो ।
उपत्यकाको तीनैवटा परिसरले सार्वजनिक गरेको चाडबाड लक्षित सुरक्षा योजनाअनुसार प्रहरीले कुनै पनि घटना भए तत्काल प्रहरी र छिमेकीलाई समेत जानकारी दिन आग्रह गरेको छ।

चाडबाड लक्षित सुरक्षाअन्तर्गत बैंक वित्तीय संस्था, सपिङ मल धेरै भीडभाड हुने क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

प्रहरीले चाडबाडको मौका छोपेर हुने आपाराधिक गतिवीधि नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी खटाएको छ भने तालिमप्राप्त कुकुरको पनि प्रयोग गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?