भारतीय ५ सय र एक हजारका नोट बोक्दै हुनुहुन्छ ? गृह मन्त्रालयले दियो यस्तो सुझाव

काठमाडौं । सरकारले भारतीय ५ सय र एक हजारका नोट नबोक्न सर्वसाधरणलाई सुझाव दिएको छ । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा पाँच सय र एक हजार रुपैयाँको भारतीय नोट नचल्ने भएकाले नबोक्न सुझाव दिनुभयो । उहाँले त्यस्ता नोट बोक्नेहरुले दुख पाउने सम्भावना रहेको समेत बताउनुभयो ।

उहाँले भारतीय पाँच सय र एक हजारका नोट नेपालमा प्रचलन गर्न पाइने हो कि होइन भन्ने विषय अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले प्रष्ट नपारेकाले समस्या हुन सक्ने बताउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?