बिना प्रतिस्पर्धा मेलम्चीको ठेक्का दिएर सरकारले ठूलाे आर्थिक चलखेल गर्‍याे : सभापित देउवा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले आर्थिक चलखेल गरेको आरोप लगाउनुभएको छ । युवा नेता नैनसिंह महरद्धारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’को सोमबार काठमाडौंमा विमोचन गर्दै सभापति देउवाले संविधान र कानुनविपरीत बूढीगण्डकी जलविद्युत आयोजनाको काम पनि चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै चर्को आलोचना गर्नुभएको हो ।

‘बिना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजना र बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाइएको छ,’ सभापति देउवाको आरोप थियो, ‘संविधान र कानुनी रुपमा पनि विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट स्पष्ट हुन्छ कि यसमा सरकारले धेरै ठूलो भ्रष्टाचार गरेको छ ।’

सभापति देउवाले ओली सरकारले शून्य सहनशीलताका कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको दाबी पनि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?