छोरीलाई विष खुवाएर बाबुद्वारा आत्महत्या: श्रीमती आत्महत्या दुरुत्साहनको मुद्दा खेपेका थिए रामबहादुरले

काठमाडौं । श्रीमती आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका एक पुरुषले ३ वर्षीया छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका-५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेका हुन् ।

गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । श्रीमतीले आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेका थिए । सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्धा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पूर्पक्षका थुनामा पठाएको थियो ।

साउन २२ गतेको अदालतको इजलासले निर्दोष ठहर गरेपछि कलेल छुटेका थिए । छुटेको झण्डै डेढ महिनापछि उनले छोरीसहित आत्माहत्या गरेका हुन् ।

यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?