राजपाको संयोजकमा एक चक्र पूरा, आजदेखि फेरि महन्थ ठाकुर संयोजक

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपामा अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि पुन महन्थ ठाकुरले सम्हाल्दै हुनुुहुन्छ । आइतबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले ६ गतेदेखि ठाकुरले संयोजकको जिम्मेवारी सम्हाल्ने निर्णय गरेको हो । योसँगै राजपाको संयोजक मण्डलको अध्यक्षको एक चक्र पुरा भएको छ ।

मधेश केन्द्रित ६ वटा पार्टी मिलेर २०७४ बैशाख ७ मा राजपा बनेको थियो । ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी मिलेर राजपा बनेको थियो ।

एकताका बेला संयोजक पद चक्रीय प्रणालीमा गरिने भनिए पनि ठाकुर एक्लै डेढ वर्षसम्म संयोजक हुनुभएको थियो । तर अघिल्लो वर्ष मंसिर ४ गते बसेको अध्यक्ष मण्डलको बैठकले नेतृत्वलाई चक्रीय प्रणालीमै सञ्चालित गर्न बहुमतबाट निर्णय गरेको थियो । त्यसपछि राजेन्द्र महतो अध्यक्ष मण्डलका संयोजक बन्नुभएको थियो । महतोपछि क्रमशः महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव अध्यक्ष भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?