‘ओली सरकारका जनविरोधी काम चिन्न सके कांग्रेसले अर्को चुनाव जित्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारका जनविरोधी काम चिनेमा पार्टीले अर्को चुनावमा जित दर्ता गराउने बताउनुभएको छ । नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ’कांग्रेसले ओली सरकारका जनविरोधी काम चिन्नुपयो । पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढ्दा मात्रै पनि कांग्रेसलाई चुनाव जित्नबाट कसैले रोक्न सक्दैन ।’

उहाँले कांग्रेसलाई अघि बढाउन पार्टी भित्रको एकताको आवश्यक्तामा जोड दिनुभएको छ । महामन्त्री कोइरालाले पार्टी सभापति देउवालाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने जिकिर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?