आजको मौसम, देशैभर चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौ । मौसममा केही सुधार देखिए अझै केही दिन मौसम बदलीकै अवस्था हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज (मंगलबार) दिनभरि देशका पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण र मध्य तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले वताएका छन् । यस्तै आज राति पनि पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?