न्यूरोडमा एकाबिहानै गोली चल्यो

काठमाडौं – राजधानीको न्यूरोडमा राँगोलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ । कालीमाटीबाट उम्किएर भागेको राजधानी बाहिरबाट ल्याइएको राँगोले बबन्डर मच्चाउँदै न्यूरोडसम्म आइपुगेपछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
प्रहरीले मंगलबार बिहान न्यूरोट गेट नजिकै राँगोमाथि गोली चलाएपछि ढलेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले केही मान्छेलाई घाइते समेत बनाएपछि गोली चलाइएको बताए । गोली लागेर राँगो मरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?