कक्षा ११ को परीक्षाफल सार्वजनिक, २ हजार ३१९ ले ए प्लस ल्याए ( यसरी हेर्नुहोस् नतिजा)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो ।

गत जेठमा भएको कक्षा ११ को परीक्षा भएको थियो । परिक्षामा देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ३ सय १९ रहेको छ । त्यसैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ७ सय ७२, २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ३२ हजार २ सय ५३, २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार १६, २.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८४ हजार २ सय ३९, १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ६ सय ५०, १.२१ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ हजार ३७, १ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार १७१ र ० देखि ०.८१ जीपीए ल्याउने विद्यार्थीको संख्या २१ हजार ३४६ जना रहेको छ ।

 

राष्ट्रिय परिक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, टेलिकमको वेबसाइट http://www.neb.ntc.net.com मार्फत रिजल्ट हेर्न सकिन्छ। त्यसैगरी NEB सिम्बोल नम्बर तैप गरि नेपाल टेलिकमको १६०० सयमा एसएमएस (SMS) गरेर पनि हेर्न सकिन्छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/09/44444-2.pdf” title=”44444″]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?