नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच सहमति पत्रमा हस्ताक्षर हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच आज सहमति हुने भएको छ ।

दुई पार्टीबीचको सहमतिपत्रमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको उस्थितिमा दुई पार्टीबीचको मंगलबार सहमतिपत्रमा हस्ताक्षर गरिने कार्यक्रम रहेको छ ।

सहमतिपत्रमा हस्ताक्षर कार्यक्रम बिहान साढे ११ बजे नक्सालस्थित होटल म्यारिअटमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?