विप्लवका उपत्यका ब्युरो इञ्चार्ज विश्वकर्मा पक्राउ

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्युरो इञ्चार्ज नवीन विश्वकर्मा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार राति ललितपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मा पूर्व राज्यमन्त्री हुन् ।

यस अघि विप्लवका उपत्यका इञ्जार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेपछि नेकपाले बिकलाई जिम्मेवारी दिएको थियो । त्यसको एक महिनामै विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

२०६२ र ६३ को जनआन्दोलनपछि बनेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी तत्कालीन माओवादीको तर्फबाट स्थानीय विकास राज्यमन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?