मोटरसाइकल चोरी गर्न खोज्दा खोज्दै ‘रेडह्याण्ड’ पक्रिए १८ वर्षीय किशोर

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित पार्किङ गरी राखेको बा.७० प ६८८६ नम्बरको मोटरसाइकल चोरी गर्न खोज्ने कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने १८ वर्षीय सुसन परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा परियारलाई सवारीधनीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरे पश्चात महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?