सोङ ताओ स्वदेश फिर्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ आज स्वदेश फर्कनुभएको छ ।

सि जिनपिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको विचारात्मक छलफल’ कार्यक्रममा सहभागी भएर उहाँ आज चीन फर्कनुभएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभाग उपप्रमुख वेदुराम भुसाल र रिजालले बिदाइ गर्नुभएको थियो । कार्यक्रममा सहभागी हुन उहाँसहित चिनियाँ कम्युनिष्ट पार्टीका १४ जना नेता सहभागी हुनुभएको थियो ।

नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उहाँ सोमबार नेपाल आउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?