प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२७ पुरानो बसपार्कस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं गौशाला बस्ने सर्लाही घर भएका ४० वर्षीय राजकरण महत्तोलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पकेट मारी चोरी गर्न खोज्ने महत्तोलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई उक्त रकम दिन खोजेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?