खोलाले बगाएर एक बेपत्ता

काठमाडौं । झापा मेचीनगर नगरपालिका-१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्कीलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् ।

१२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

गत साउनमा हडिया खोलाले नै बगाएर बेपत्ता बनाएका मेचीनगर-१४ का सुफल हस्दासमेत अझैसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?