काभ्रेमा यात्रुबाहक बस दुर्घटना : ११ यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर

काठमाडौं । काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् । काभ्रेको मादन कुडारीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ६३८६ नम्बरको बस भुम्लु गाउँपालिकामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेहरुको दोलालघाटमा रहेको स्वास्थ केन्द्र र गम्भीर घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?