मन्त्रीपरिषदका १४ निर्णय : एसिड आक्रमणका घाईते जेनी र मुस्कानलाई जनही ३ लाख देखी पुर्व राष्ट्रपतीको उपचार खर्चसम्म

काठमाडौं । असोज ७ गते बसेको मन्त्रीपरिषदको बैठकले बिभिन्न १४ वटा निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै त्यस्ता निर्णयहरु सार्वजनिक गरेको हो ।

एसिड आक्रमणमा घाइते भएका जेनी खड्का र मुस्कान खातुनलाइ उपचार एवंम् जीवनयापनका लागि जनही ३ लाख रुपैयाँका दरले दिने निर्णय गरेको मन्त्रालयले निकालेको विज्ञप्तीमा उल्लेख छ । साथै मोरङ जिल्ला प्रशासन कार्यालयबाट शम्भुप्रसाद मण्डलको नागरिकताको प्रमाणपत्र रद्द गरि निजलाइ नेपाली नागरिकको दर्जाबाट हटाउने निर्णय समेत गरेको छ ।

त्यस्तै पुर्व राष्ट्रपतिको उपचार खर्च राजदुतावासले व्यहोर्नेदेखी , दुई देश बिच भएको सम्झौतासम्म साथै नियमावली एवं निर्देशिका स्वीकृत गरिएको कुरा समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?