दशैँपर्वमा सुरक्षाका लागि ४२ हजार प्रहरी खटाइँदै

काठमाडौं । चाडपर्व सुरक्षाका लागि मुलुकभर ४२ हजार प्रहरी जनशक्ति खटिएका छन् । उपत्यकासहित ७ वटै प्रदेश प्रहरी कार्यालयमार्फत दसैं, तिहार, नेपाल संवत र छठलगायत पर्व सुरक्षा योजनाअन्तर्गत ४३ एसपी र १ सय २० डीएसपीसहित ४२ हजार ६ सय १९ जना प्रहरी परिचालन गरिएको छ।

सुरक्षा रणनीतिअनुसार अपुग २ हजार ५ सयभन्दा बढी जनशक्ति ७ वटै प्रदेशस्थित गण, गुल्म तथा तालिम केन्द्रबाट व्यवस्थापन गरिएको जानकारी प्रहरी मुख्यालयले दिएको छ। चोरी, डकैती, जवातास, लटपाट, कालोबजारी, सार्वजनिक यातायातका टिकटमा ठगी र सवारी कसरलगायत अपराधका २४ क्षेत्र निर्धारण गरेर जनशक्ति तैनाथ भएकोमा मोबाइल, पिकेट, नियमित चेकिङ, सरप्राइज चेकिङ, पैदल गस्ती, क्यूआरटी, साइकल गस्ती, नाकाबन्दी, सादा पोसाक, होटल तथा लज चेकिङलगायत १८ फरक९फरक भूमिकामा खटाइएको छ।

पर्व अवधिभर अपराधमा संलग्नको पहिचान गर्न तथा आवश्यक सूचना संकलनका लागि भन्दै उपत्यकामा ९३ जना घुमुवा परिचालन गरिएको छ। काठमाडौंमा एक डीएसपी र २ इन्स्पेक्टरसहित ५०, भक्तपुरमा नायब निरीक्षक ९सई० सहित ३० र ललितपुरमा सईसहित १३ प्रहरी घमवाका रूपमा सुरक्षा योजना निर्माणमा खटिएका अधिकारीका अनुसार प्रहरी संगठनको कुल दरबन्दीको करिब ६० प्रतिशत जनशक्ति फिल्डमा खटिएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले चाडपर्वमा यात्रु तथा उनीहरूका साथमा रहेका धनमालको सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी सुरक्षा रणनीति तय गरिएको बताए।

चाडपर्व सकिएर जनजीवन सामान्य अवस्थामा नआएसम्म पर्व सुरक्षा योजनाअन्तर्गत नै आवश्यक शान्ति सुरक्षा व्यवस्थापन गरिने छ । चाडपर्व सरक्षाका लागि ७७ वटै जिल्लाबाट परिचालित जनशक्तिलाई ८ हजार २ सय समूहमा तैनाथ गरिएको छ।

देशभर पर्व सुरक्षा योजनाअन्तर्गत ४० हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको छ प्रहरी प्रवक्ता पोखरेलले भने, चाडपर्व मनाउन घर गएका आम नागरिक पुन, कार्यस्थल फिर्ता र स्थिति सामान्य अवस्थामा नआएसम्म पर्व सुरक्षा रणनीतिअनुसार आवश्यक सरक्षा व्यवस्थापन मिलाइएको छ। सुरक्षामा खटिएका कर्मचारीले कार्यक्षेत्रमै चाडपर्व मनाउने जानकारीसमेत उनले दिए। अघिल्लो वर्ष चाडपर्वमा घर गएकालाई यसपटक ड्युटीमा खटाइएको छ यस वर्ष ड्युटीमा खटिएकाले अर्को वर्ष चाडपर्व मनाउन घर जानलाई पहिलो प्रथमिकता दिईने छ । यो समाचार आजको कान्तिपुर दैनिकम प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?