छोरीलाई विवाहको प्रस्ताव राख्दा बाबुविरुद्द मुद्दा !

काठमाडौं । सुनसरीमा छोरीलाई विवाहको प्रस्ताव राख्दा आफ्नै बाबुविरुद्द मुद्दा हालेकी छिन् । कक्षा ९ मा पढ्दापढ्दै विवाह गर्न दवाब दिंदा सुनसरी हरिनगर–४ की किरणकुमारी यादवले आफ्नै बाबुविरुद्द मुद्दा हालेकी हुन् ।

उनले आफ्नो पढाई पूरा गरेर छाड्ने अठोटका साथ उच्च शिक्षासम्म पढ्न पाउनु छोराछोरीको समान अधिकार भएको जनाउँदै सुरुवातमा अभिभावक सहमत नहँदा अध्ययन गर्न आफ्नै बुवाबिरुद्ध अंश मुद्दा हालेकी हुन् । मुद्दा हालेपछि किरणकुमारीलाई बुबा र दाजुबाट पटक पटक मानसिक तथा शारीरिक यातना दिन थालेका थिए ।

यातना दिन थालेपछि उनका बुबा र दाजुले गरेको हिंसाको व्यवहार प्रहरीसम्म पुग्यो । मुद्दा हालेको थाहा पाउनेबित्तिकै छोरीलाई अंश नदिने बुवा मोहन यादवले रातारात भएको जग्गा केही जग्गा अर्कैको नाममा पास गरे । र बाँकी थेरै जग्गा तीन भागको एक भाग किरणकुमारीले पाइन् । यद्यपि उनले कक्षा १२ सम्म पढेर अहिले विवाह गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?