हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक जमरा राखियो

काठमाडौं । हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरिएको छ । बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा दशैंघरमा बैदिक पूजापाठसहित जमरा राखिएको हो ।

दशैं नेपालीहरूको सबैभन्दाविशेष पर्व मानिन्छ । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा विजया दशमीका नामले पनि चिनिन्छ। हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्य देखि अक्टोबर महिनाको मध्य बिचमा पर्छ । दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दसैँ भनिन्छ ।

यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ। प्रतिपदा
(घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी,विजयादशमी,र पूर्णिमा(कोजाग्रत) दशैंका प्रमुख तिथिहरू हुन् ।
आजबाट दशैँ औपचारीक रुपमा सुरु भएको छ । चिसो चिसो बतास, दिउँसो चरक्क चर्केको घाम, पातलिँदै गएको शहर, भरिभराउ बसपार्क, टनमन्न यात्रु लिएर हुईकिएका लामो दुरीका सवारी, स्कुल कलेज तथा विश्वविद्यालयहरुमा सुरु भएको बिदा, सपिङ मलहरुमा लागेको भिड आदी कारणले गर्दा साँच्चै अब दशैँ आएको महशुस भएको छ । दशैँलाई असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा लिइन्छ ।
आज घटस्थापना अर्थात् नवरात्रीको पहिलो दिन ।

आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । र आजकै दिनबाट दशैँ सुरु हुन्छ हिन्दु नेपालीहरुको महान् चाड दशैँ भएको कारण सबैले यो चाडको प्रतिक्षा गर्छन् । आजको दिन दुई महत्वपूर्ण काम सम्पन्न गरि दशैलाई भरपुर स्वागत गरिन्छ ।
पहिलो काम जमरा राख्ने । दोस्रो काम घट कलशको स्थापना गरी देवी–देवताको आश्वान गर्ने । प्रतिपदाका दिन जवँरा राखि सुरुहुने दशैको पहिलो दिन धरको सरसफाई गरेर जवँरा राखी दूर्गा भगवतिको पहिलो रुप शैलपुत्री को पुजागर्ने गर्ने गरिन्छ । शैलपुत्री गिरिराज हिमलयकी पुत्री हुन् । पूर्वकालमा दक्षको पुत्रीको रुपमा जन्मलिएर शिवको अपमान सहन नसकेर योगाग्निमा प्राण त्यागेकी सती पछि फेरी हिमालयकी पुत्रीको रुपमा उनको जन्म भएको कारण शैलपुत्री भनिएको शास्त्रीय भनाई छ ।
दशैको पहिलो दिन यिनको पूजा आरधना गर्ने गरिन्छ । शैलपुत्रीको पूजाले धैर्य, शहनशीलता ममता, करुण्यता पाईने र पृथ्वी तत्वको सन्तुलन शरीरमा रहने कुराको शास्त्रमा उल्लेख गरिएको छ । यसदिन पूजन पछि सेतो चिज तथा गाईको घ्यूले वनेको परिकार चढाउँनाले रोगबाट मुक्ति मिल्ने मानिएको छ ।

के के गर्नुपर्छ आज ?
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ ९यव० रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । यो पहेँलो रङको हुन्छ ।
माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । यो जमरा बिजया दशमीको दिन भगवतीलाई चढाईन्छ । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली ९संहार०, महालक्ष्मी९सुरक्षा० र महासरस्वती ९सृष्टि०को पञ्चोपचारले पूजाआजा गरिन्छ । आज घटस्थापनाको साइत बिहान ।मा शुभ रहेको पञ्चांग निर्णायक समितीले जनाएको छ ।

ब्रह्मवैवर्त पुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदुर्गाहरू यी हुन् स् प्रकृति(पूर्व, चण्डिका(आग्नेय, भद्रकाली(दक्षिण, सर्वमङ्गला(वायव्य, वैष्णवी( उत्तर, शिवप्रिया(ईशान, जगदम्बिका( जल, थल र आकाश । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो । यसैले दशैंको अवसरमा आ(आफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गरिनुबाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा(उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने वास्तविकतातिर औंल्याएको पाइन्छ ।

यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती (चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ
। शक्तिस्वरूपा दुर्गा भवानीका नौ रूप शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र वुद्धिदात्रीको पूजा गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?